आज मङ्गलबार पनि सुनको भाउ स्थिर

काठमाडौं । आज मङ्गलबार पनि सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारकै मूल्यमा मङ्गलबार पनि सुनको भाउ स्थिर भएको हो । मूल्यसूचीअनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँ रहेको छ भने तेजावी सुन १ लाख ४० हजार ३ सय रुपैयाँ रहेको छ । यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय २५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय १५ रुपैयाँ पर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर