सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ

काठमाडौं ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको छ ।  सो बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठलगायतलाई बैंकिङ ठगी प्रकरणमा नियन्त्रण लिई अनुसन्धान सुरु गरिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनले आठ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको बताए ।

कमसल धितोमा बढी रकम ऋणका रूपमा प्रवाह गरी बैंकलाई ठगी गरेको उनीहरूमाथि आरोप छ । उनीहरूले सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा २ अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँबराबरको कर्जा प्रवाह गरेको सीआईबीको अनुसन्धानले जनाएको छ ।  यसअघि यही प्रकरणमा सो बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित ११ जना पक्राउ परेका थिए । उनीहरूलाई भने प्रहरी बयानपछि रिहा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर