नेपाल–भारत द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने प्रधानमन्त्रीको प्रचण्डको विश्वास

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाल र भारतबिचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । शपथ ग्रहणपछि नयाँदिल्लीमा भएको भेटबारे सामाजिक सञ्जाल एक्समा सन्देश जारी गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भारतीय समकक्षी मोदीलाई भेटी बधाई दिएको बताएका छन् । सन्देशमा उनले दुई देशबीचको लामो समयदेखिको मित्रता थप सुदृढ हुनेमा आफू आशावादी रहेको पनि उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले सनदेशमा भने, “श्री नरेन्द्र मोदीजीसँग भेट भएको छ । भारतको प्रधानमन्त्रीका रूपमा लगातार तेस्रो कार्यकालको शपथ लिएपछि उहाँलाई नयाँ कार्यकालका लागि बधाई ज्ञापन गर्दछु ।” उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “भारत र नेपालबिचको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने रणनीतिमा केन्द्रित रहेर छलफल भएको छ । हामीले नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्‍यौँ । उहाँकै नेतृत्वमा भारतसँगको हाम्रो बहुआयामिक सम्बन्ध समृद्ध हुनेछ भन्नेमा म विश्वस्त छु ।” प्रधानमन्त्री ‘प्रचण्ड’लाई आइतबार राजधानी दिल्लीको राष्ट्रपति भवनमा आयोजना गरिएको भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा आमन्त्रित गरिएको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर