आज सोमबार सुनको मूल्य स्थिर

काठमाडौं । आज सोमबार सुनको मूल्य स्थिर रहेको हो । आइतबार तोलामा चार हजार रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघको जनएको छ । चाँदीको भाउ पनि स्थिर छ । आज चाँदी तोलाको १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया