सोमबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । युरो १ को खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा छ । यस्तै, बेलायती पाउन्ड १ को खरिद दर १६९ रुपैयाँ ३४ पैसा र बिक्री दर १७० रुपैयाँ १० पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ६२ पैसा र बिक्री दर ८८ रुपैयाँ ०१ पैसा छ । आजको लागि कुवेती दिनार १ को खरिद दर ४३४ रुपैयाँ ०२ पैसा र बिक्री दर ४३५ रुपैयाँ ९७ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ १० पैसा र बिक्री दर ३५४ रुपैयाँ ६९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर