आईसीसी टी–२० : भारतद्वारा पाकिस्तान ६ रनले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई हराएको छ । चिर प्रतिद्वन्दी पाकिस्तान माथि भारतले ६ रनको जित निकालेको हो । न्युयोर्कमा भएको खेलमा भारतले दिएको १ सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो ।

भारतको जितमा जस्प्रित बुम्राहले ३ तथा हार्दिक पान्ड्याले २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै १० विकेट गुमाउँदै १ सय १९ रन जोडेको थियो । हारसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना कमजोर बनेको छ ।

पहिलो खेलमा अमेरिकाविरुद्ध हार बेहोरेको पाकिस्तानलाई सुपर आठमा पुग्ने सम्भावना न्यून बनेको छ । जितपछि भारतको २ खेलबाट ४ अंक भएको छ । अमेरिकाको पनि २ खेलमा ४ अंक नै छ । क्यानाडाको २ खेलमा २ अंक रहेको छ भने पाकिस्तान २ खेलमा र आयरल्याण्ड १ खेलमा शून्य अंकमा छन् । गएराति नै भएको अर्को खेलमा स्कटल्याण्डले ओमानलाई ७ विकेटले हरायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर