नेप्से झिनो अंकले घटेर बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेर बन्द भएको छ । आज आइतबार नेप्से ४.५९ अंकले घटेर दुई हजार ७३ दशमलब १९ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज ५ अर्ब १८ करोड ९० लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ९७ वटाको बढेको छ भने १४७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा स्टर्न हाइड्रोपावर लिमिटेड, शुभम् पावर लिमिटेड, सिटी होटल लिमिटेड र कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेडको रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।  आज बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेपाल इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ३ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर