उद्धारको क्रममा दुई खच्चड मरे

काठमाडौं ।  कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका खच्चडको उद्धार गरिएको छ । अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने कर्णालीमाथिको पुलको लट्ठा चुँडिँदा आइतबार बिहान १३ खच्चड फसेका थिए । तीमध्ये १० खच्चडको उद्धार गरिएको छ । एउटा खच्चडको उद्धारकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं डीएसपी सुनील दाहालले जानकारी दिए । त्यहाँ फसेका मध्ये दुई खच्चड भने मरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर