प्रश्न सोध्दा गृहमन्त्रीले पत्रकारलाई विराटनगरमा पाठ पढाए

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलनबारे सोधिएको प्रश्नमा जवाफ स्पष्ट दिन चाहेनन् । आज आइतबार बिराटनगर विमानस्थल पुगेका गहमन्त्रीले पत्रकारहरूसँग भने, ‘जसले जे भन्छ, त्यसको जवाफ दिँदै हिँड्ने हो भने त मेरो अरू कामै रहँदैन ।
उनले देशका गोप्य सूचना विदेशीलाई बेच्नेमाथि कारबाही र अनुसन्धानको विषय कहाँ पुग्यो ? भनेर प्रश्न गर्दा स्पष्ट जवाफ दिएनन् । उल्टै पत्रकारहरूलाई अरूले सिर्जना गरेको प्रश्न नसोध्न र आफ्नो प्रश्न केही छ भने सोध्न पाठ पढाए र उनेले भने, ‘मुलुकको सूचना बेच्नेमाथि कारबाही र अनुसन्धानको विषय कहाँ पुग्यो र त्यसको प्रक्रिया या कुनै चिज भइरहँदा भन्ने कुरा पनि भएन । संसदमा बोल्ने सन्दर्भमा मैले कसैको नाम लिएको थाहा छैन । सञ्चारमाध्यममा यस्ता कुरा पनि आउँछन् नि भन्ने कुरा गरेको हुँ । अरू प्रश्न पनि छन् होला नि साथीहरू ? तपाईँहरूका आफ्ना प्रश्न पनि भइदिएको भए हुन्थ्यो । कसैले खडा गरिदिएको प्रश्न महिनौँसम्म सोध्नुभयो भने कसरी हुन्छ ? अनुसन्धानका विषय यसरी पत्रकार सम्मेलन गर्दै अगाडि गइन्छ र ?’ (फाइलःतस्बिर)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर