मोरङ रंगेलीका आक्रोशित विद्यार्थीले सरकारी गाडी जलाए

काठमाडौं । विराटनगरका विद्यार्थीले आज आइतबार सरकारी गाडी जलाएका छन्। मोरङ रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा अस्ति शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन्। सडकमा गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा ढुंगामुढा गरेपछि विद्यार्थीले आगजनी गरेका हुन्। प्रहरीका अनुसार विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन्।

रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो। उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दामा कारबाही अघि बढाएको छ। त्यसकै विरोधमा आइतबार बिहान विद्यार्थीले गाडी तोडफोड गरी आगजनी गरेका हुन्। निजी स्कुलहरुले मनपरी शुल्क असुलेको र नगरपालिकाले कुनै अंकुश नलगाएको भन्दै बिहीबार अपराह्न नगरपालिका पुगेको विद्यार्थी समूहले तोडफोड गरेको प्रहरीको दाबी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर