आयोजक वेस्ट इन्डिजको लगातार दोस्रो जित

काठमाडौं । टी–२० क्रिकेट विश्वकपमा आयोजक वेस्ट इन्डिजले लगातार दोस्रो जित निकालेको छ । आइतबार बिहान गुयनामा भएको खेलमा घरेलु टोली वेस्ट इन्डिजले युगान्डामाथि १३४ रनको फराकिलो जित निकालेको हो । वेस्ट इन्डिजले दिएको १७४ रनको विशाल लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमै सबै विकेट गुमाएर ३९ रनमा सीमित भयो । युगान्डाका जुमा मियागीबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । उनले सर्वाधिक १३ रन जोडेका हुन् ।

युगान्डालाई धरासाही बनाउन वेस्ट इन्डिजका एकेइल होसेइनले ५ विकेट लिए । उनी प्लेयर अफ दी म्याच पनि चुनिए । यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाएर १७३ रन बनाएको थियो । उसका लागि जोहनसन चार्लेसले सर्वाधिक ४४ रन बनाएका थिए । यस जितसँगै समूह ‘सी’ मा रहेको वेस्ट इन्डिजले २ खेलमा शतप्रतिशत जित निकाल्दै ४ अंक जोडेको छ । वेस्ट इन्डिजले यसअघि पीएनजीलाई हराएको थियो ।

यता समान अंक हुनका बाबजुद अफगानिस्तान नेट रन रेटका आधारमा तालिकाको शीर्ष स्थानमा छ । युगान्डा २ अंकसहित तेस्रो स्थानमा रहँदा पीएनजी र न्युजिल्यान्ड अंकविहीन छन् । टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर