६९ जिल्लामा डेंगु : काठमाडौंमा सबैभन्दा धेरै संक्रमित

काठमाडौं । सन् २०२४ को सुरुदेखि जुन पहिलो सातासम्म देशभरका ६९ जिल्लामा डेंगु संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले यही जुन ५ सम्म ६९ जिल्लामा डेंगु पुष्टि भई एक हजार १०५ जनामा संक्रमण देखिएको जनाएको छ ।

संक्रमितमध्ये सबैभन्दा धेरै ३४.८ प्रतिशत बागमती र २३.९ प्रतिशत कोशी प्रदेशका छन् । ईडीसीडीका अनुसार, काठमाडौंमा सबैभन्दा धेरैमा संक्रमण भएको छ । यो अवधिमा काठमाडौंमा ११२, झापामा १०९, चितवनमा ७३, मकवानपुरमा ५८ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुगु, डोल्पा, जुम्ला, बैतडी, मनाङ, मुस्ताङ, सिरहामा भने यो वर्ष हालसम्म डेंगुको रेडर्क नभएको ईडीसीडीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर