दक्षिण कोरिया ११औं पटक विश्वकप छनोटको अन्तिम चरणमा

काठमाडौं। सन ह्युङ मिनले दुई गोल गरेपछि दक्षिण कोरिया लगातार ११ औं पटक विश्वकप छनोटको अन्तिम चरणमा प्रवेश गरेको छ। सिंगापुरको नेसनल स्टेडियममा बिहीबार सम्पन्न खेलमा दक्षिण कोरियाले सिंगापुरलाई ७–० ले पराजित गरेको हो। पेरिस सेन्ट जर्मेन (पिएसजी) का मिडफिल्डर ली काङ–इनले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। जू मिन-ग्यूले ११ मिनेटपछि गोल थपे।

दोस्रो हाफमा सनले दुई गोल गरे भने लीले दोस्रो गोल थपे। बे जुन-हो र ह्वाङ ही चानले ७९ र ८१औं मिनेटमा गोल गरे। समूह ‘सी’ मा पाँच खेलबाट १३ अंक जोडेको दक्षिण कोरिया शीर्ष स्थानमा छ भने चीन आठ अंकका साथ दोस्रो स्थानमा छ । थाइल्यान्ड तेस्रो स्थानमा रहेको छ। यो समूहका टोलीले एक राउन्ड खेल्न बाँकी छ । चीनले आफ्नो अन्तिम खेलमा दक्षिण कोरियाको सामना गर्नुपर्ने छ। थाइल्यान्डले बैंककमा सिंगापुरको सामना गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर