सुपर ओभरमा अमेरिकासँग पाकिस्तान पराजित

काठमाडौं। आइसिसी ट्वान्टी–२० विश्वकपमा पाकिस्तान पहिलो खेलमा घरेलु टोली अर्थात् अमेरिकासँग पराजित भएको छ। बिहीबार राति सम्पन्न खेलमा अमेरिकासँग पाकिस्तान सुपर ओभरमा पाँच रनले पराजित भएको हो। पाकिस्तानले दिएको १६० रनको लक्ष्य अमेरिकाले २० ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो। अन्तिम ओभरमा अमेरिकालाई १४ रनको आवश्यकता थियो। हारिस रउफले पहिलो तीन बलमा तीन रन दिएका थिए।

तर, चौथो बलमा उपकप्तान आरोन जोन्सले छक्का प्रहार गरे। पाँचौ बलमा रउफले एक रन दिए। तर, अन्तिम बलमा नितीश कुमारले चौका प्रहार गरेपछि खेल दोस्रो पटक सुपर ओभरमा गएको थियो। सुपर ओभरमा जोन्स र हरमीत सिंहले १८ रन बनाए। तर, पाकिस्तानले १३ रन मात्रै बनाउन सक्यो र खेल ५ रनले गुमायो। त्यसअघि अमेरिकी टोलीका कप्तान मोनांक पटेलले सर्वाधिक ५० रन बनाएका थिए। ३८ बल खेलेका उनले सात चौका र एक छक्का प्रहार गरे।

एन्ड्रिज गौस ३५ र स्टिवन टेलर १२ रनमा आउट हुँदा आरोन जोन्स ३६ र नितीश कुमार १४ रनमा अविजित रहे। पाकिस्तानका मोहम्मर आमिर, नसिम शाहर हारिस रउफले समान एक विकेट लिए। त्यसअघि ग्रान्ड प्रेरी स्टेडियम टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो।

पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाए। ४३ बल खेलेका उनले तीन चौका र दुई छक्का प्रहार गरे। शादाब खान ४०, इफ्तिखार अहमद १८ र फखर जमान ११ रनमा आउट हुँदा शाहिन शाह अफ्रिदी २२ र हारिस रउफ तीन रनमा अविजित रहे। अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। अमेरिकाका नास्थुश केनजिगे सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४० रन खर्चिए। सौरभ नेत्रवलकरले दुई विकेट लिँदा अली खान र जसदीप सिंहले समान एक विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर