युएईसँग नेपाल पराजित

काठमाडौं। विश्वकप २०२६/एसियन कप २०२७ छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग पराजित भएको छ। साउदी अरबको दमामस्थित  प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको हो।

पहिलो चरणको खेलमा पनि नेपाल युएईसँग ४-० गोल अन्तरले नै पराजित भएको थियो। समूह एचको शीर्ष स्थानमा रहेको युएईले पाँच खेलबाट शतप्रतिशत जितसहित १५ अंक जोडेको छ।  बहराइन १० अंकसहित दोस्रो, यमन तेस्रो र नेपाल पुछारमा रहेको छ। यमनको चार अंक छ भने नेपाल अंकविहीन छ।

युएईका हरिब अब्दुल्ला सुहेलले दुई गोल गरे। अली सालेह र हाजेम मोहम्मदले समान एक गोल गरे। खेलको पहिलो हाफको १२ र १४औं मिनेटमा सुहेलले गोल गरेका थिए। ५३औं मिनेटमा सालेह र ७५औं मिनेटमा मोहम्मदले गर्दै युएईलाई सहज जित दिलाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर