घरायसी विवादमा एकजनाले आफ्नै शरीरमा आगो लगाए

काठमाडौं । काठमाडौंको चाबहिलमा एक जना पुरुषले घरायसी विवाद भएकाले आफ्नै शरीरमा आगो लगाएका छन् । श्रीमतीसँग विवाद हुँदा उनले मंगलबार राति आफ्नै शरीरमा आगो लगाएका हुन् । उनले आफ्नो शरीरमा आगो लगाएपछि निभाउने क्रममा परिवारका अन्य ४ जना घाइते भएका छन् ।​​

श्रीमान्‌ले शरीरमा आगो लगाएपछि निभाउने क्रममा उनकी श्रीमती र तीन जना छोरी घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार घाइते मध्ये छोरीहरूको अवस्था गम्भीर छ । उनीहरूको कीर्तिपुरस्थित वर्ण अस्पतालमा उपचार भइरहेको एसपी अधिकारीले बताए। प्रहरीले घटनाको अनुसन्धानमा वाधा पुग्ने भएकाले अन्य कुराहरू खुलाउन नमिल्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर