कम मतान्तरमा प्रधानमन्त्री मोदी विजयी

काठमाडौं । भारतमा भएको लोकसभा निर्वाचन–२०२४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विजयी भएका छन् । उत्तर प्रदेशको वाराणसीबाट उनी मंगलबार तेस्रोपटक लोकसभाका लागि विजयी भएका हुन् । यसपटक उनी सबैभन्दा कम मतान्तरले विजयी भएका छन् । उनले प्रतिस्पर्धी राष्ट्रिय भारतीय कांग्रेसका उम्मेदवार अजय रायलाई डेढ लाख मतको अन्तरले हराएका छन् ।

अघिल्ला दुई निर्वाचनको तुलनामा यसपटक उनको मतान्तर कम देखिएको हो । यसपटक मोदीले अघिल्लो सन् २०१९ मा प्राप्त गरेको मतभन्दा कम मत पाएका छन् । सन् २०१९ मा मोदीले ६ लाख ७४ हजार ६६४ मत प्राप्त गरेका थिए । यसपटक उनले ६ लाख ११ हजार ४३९ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर