सभामुख र लिङ्देनबीच दोहोरी चलेपछि बैठक स्थगित

काठमाडौं ।  सभामुख देवराज घिमिरे र राप्रपाका सांसद राजेन्द्र लिङ्देनबीच बैठकमा दोहोरी चलेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । बजेटमाथिको छलफलमा अर्थमन्त्री संसद् बैठकमा नभएको भन्दै आफ्नो कुरा कसलाई सुनाउने भन्दै सांसद लिङ्देनले सभामुखलाई प्रश्न गरेका थिए । सो समयमा अर्थमन्त्री वर्षमान पुन राष्ट्रिय सभा बैठकमा जवाफ दिन गएका थिए । आफ्नो कुरा सुन्ने कोही नभएकोले नबोल्ने भनेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । त्यसपछि सभामुखले समय थप्न सकिने भने पनि लिङ्देन बोल्न चाहेनन् । त्यस क्रममा सभामुख र लिङ्देनबिच दोहोरी नै चल्यो ।

त्यसपछि सत्ता पक्षका सांसद दयालबहादुर शाहीले उठेर सभामुखसँग दोहोरी नखेल्न लिङ्देनलाई आग्रह गरे । त्यसपछि राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीको दलको नेताले अर्थमन्त्री खोज्नु दोहोरी हुन्छ ? भनेर प्रश्न गरे । त्यसपछि सभामुख देवराज घिमिरेले लिङ्देनलाई बस्न आग्रह गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभा एकैपटक भएकाले अर्थमन्त्रीले अर्को बैठकमा जवाफ दिइरहेकाले यस्तो अवस्था आएको जानकारी दिइन् । उनले १५ मिनेटका लागि बैठक स्थगित गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर