भाजपा बहुमतको निकट, मोदी फेरि प्रधानमन्त्री बन्ने

काठमाडौं । भारतको लोकसभा चुनाव २०२४ को मत गणनाको विशाल अभ्यास मंगलबार बिहान ९ः१५ बजेदेखि सुरु भएको छ। आज बिहान ११ बजे सम्मको ट्रेन्ड्स अनुसार एनडीए ३०० सिटमा अगाडि छ र इन्डी २२८ सिटमा अगाडि छ। पछिल्लो नतिजानुसार भाजपा नेतृत्वको एनडीए बहुमतको नजिक पुगेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) ले लगातार तेस्रो कार्यकालका लागि सरकार बनाउने प्रयास गर्नेछ भने कांग्रेस नेतृत्वको प्रतिपक्षले उनलाई सत्ताबाट हटाउने लक्ष्य राखेको छ। धेरैजसो एक्जिट पोलले प्रधानमन्त्री मोदीको सत्तामा फर्किने भविष्यवाणी गरेको छ, जसमा उनी जवाहरलाल नेहरू पछि लगातार तेस्रो कार्यकालको लागि पहिलो प्रधानमन्त्री बन्नेछन्, यसैबीच, भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन इन्डिया ब्लकका नेताहरूको एक प्रतिनिधिमण्डलले भारतीय निर्वाचन आयोगलाई इभिएम (इक्ट्रोनिक भोटिङ मेसिन) को नतिजा घोषणा हुनुअघि हुलाक मतगणना र त्यसको नतिजा घोषणा गर्न सुनिश्चित गर्न आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर