दैलेखको नेपामा ४.१ रेक्टर स्केलको भूकम्प
काठमाडौं । दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ। बिहान १०ः३० बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । दैलेख आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । क्षतिबारे विवरण आएकाे छैन ।
प्रतिक्रिया