सुन प्रतितोला १७ सय रुपैयाँ वृद्धि भई नयाँ कीर्तिमान

काठमाडौं । आज मंगलबार छापावाल सुनको मूल्य मूल्यमा प्रतितोला १७ सय रुपैयाँँ वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । आज छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । आज तेजाबी सुन पनि १७ सय रुपैयाँले नै बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको भाउ भने २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर