भक्तपुरको अवैध समिट हस्पिटलमा तालाबन्दी

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं–१ लोकन्थलीमा सञ्चालन रहेको समिट हस्पिटलमा प्रशासनले सिल गरेको छ । अवैध रूपमा सञ्चालित उक्त हस्पिटलले करिब एक करोड भाडा समेत नतिरेको, घर खाली गराउन स्थानीय पालिकामा र जिल्ला प्रशासन कार्यालयमा पटक पटक जानकारी गराउँदा पनि अटेर गरेको हुँदा सिल गर्नुपरेको मध्यपुर थिमी नगरपालिकाले जनाएको छ । हस्पिटलमा बिरामीसमेत रहेको हुँदा बिरामीलाई मध्यनजर गरी सात दिनभित्र अन्यत्र अस्पतालमा सार्न समयसीमा दिइएको जनप्रतिनिधि श्यामकृष्ण प्रजापतिले बताए ।

१२७९ वर्गमिटरमा बनेको घरमा सञ्चालित हस्पिटल कतै दर्ता समेत नभएको पाइएको छ । मितेरी हस्पिटल एण्ड रिसर्च सेन्टरलाई घर भाडामा दिएको सम्झौतामा उल्लेख छ । तर सञ्चालनमा दर्ता नभएको अस्पताल सञ्चालन भएको पाइएपछि खाली गर्न लगाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर