साफ महिला फुटबल प्रतियोगिता काठमाडौंमा हुने

काठमाडौं ।  साफ महिला फुटबल प्रतियोगिता काठमाडौंमा हुने भएको छ । उक्त प्रतियोगिता आगामी कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आज बसेको प्रतियोगिता समितिको बैठकले उक्त प्रतियोगिता नेपालमा गर्ने तय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेशकुमार शाहले जानकारी दिए । उक्त प्रतियोगिता आयोजना गर्न नेपाल, भुटान र बङ्गलादेशले प्रस्ताव गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर