ओलीको आक्रोश : “गिरिबन्धुबारे बालेनलाई सोध्नुस्”

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी–इस्टेटबारे काठमाडौं महानगरका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन् । संघीय संसद भवन परिसरमा सोमबार पत्रकारले सोधेको प्रश्नमा जबाफमा ओलीले गिरिबन्धु प्रकरणबारे बालेनलाई सोध्न भनेका हुन् । गिरिबन्धु टी–इस्टेटबारे कुरा आइरहेका छन् भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस् ।’

काठमाडौं महानगरका मेयर बालेनले सोमबार बिहान  गिरिबन्धु बारे केपी ओलीको नाम नै उल्लेख गरेर गिरिबन्धुको विषयान्तर गर्न न्युरोड सडकको विषय उठाएको आरोप लगाएका थिए । बालेनले ओलीलाई गिरिबन्धुमा अनियमितता गरेको आरोप लगाउँदै पीडितको बैना फिर्ता गरिदिन चेतावनी शैलीमा आग्रह गरेका थिए । उनले यसअघि पनि ओलीमाथि गिरीबन्धु चिया बगानका विषयमा टिप्पणी गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर