बालेन हिस्स, न्युरोडमा सडक विभागद्वारा कालोपत्रे कायम

काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाका नगर प्रहरी र सडक विभागका कर्मचारीबीच तनाव भएको छ । सोमबार बिहानै पार्किङका लागि खनिएको सडक पिच गर्न विभागका कर्मचारी न्युरोड क्षेत्रमा पुगेका थिए । महानगरले सडक छेउमा फुटपाथ चौडा गर्न शनिबार उक्त सडक काटेको थियो ।विभागका कर्मचारी त्यसलाई पिच गर्न पुगेपछि महानगरका मेयर बालेन शाहले त्यहाँ नगर प्रहरी पठाएका हुन् । नगर प्रहरी पुगेपछि त्यहाँ दुई पक्षबीच सामान्य भनाभन र विवाद भएको छ । सडक डिभिजनले बिनाअनुमति सडक काटिएको भन्दै त्यसो नगर्न रोक लगाएको थियो । न्युरोडका स्थानीयले पनि सडक काटिएको भन्दै विरोध गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकाले फुटपाथ अर्थात पैदल यात्री हिँड्ने सडक पेटी फराकिलो बनाउन भन्दै भत्काएको बाटो सडक विभागले पुन: कालोपत्रे गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर