टी-२० विश्वकपमा नामिबियाको विजयी सुरुवात

काठमाडौं ।  आइसीसी टी-२० विश्वकपमा नामिबियाले विजयी सुरुवात गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा जित हासिल गरेको छ । ओमानले दिएको केवल ११० रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएर बराबरी गरेपछि खेलको निर्णय सुपर ओभरबाट गरिएको थियो । सुपर ओभरमा नामिबियाले २२ रनको लक्ष्य दिएको थियो भने ओमानले एक विकेट गुमाएर १० रन बनाएको थियो । यस अघि नामिबियाको जितमा जान फ्राइलिंकले सर्बाधिक ४५ रन बनाएका थिए भने निकोलस डाभीनले २४ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अल आउट हुँदै १०९ रन बनाएको थियो । ओमानका लागि खालिद कैलले सर्वाधिक ३४ रन बनाएका थिए भने जिशान मक्सूदले २२ तथा आयान खानले १५ रन बनाएका थिए । त्यस्तै नामिबियाका बलर रुबेन ट्रम्पेलम्यानले ४ विकेट लिए भने डेभिड वाइजले ३ विकेट लिए । यो जितपछि समूह बी मा रहेको नामिबियाले महत्वपूर्ण २ अंक हासिल गरेको छ । अब नामिबियाले अर्को खेल जुन ७ मा स्कटल्याण्डसँग खेल्ने छ भने ओमानले जुन ६ मा अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर