बालेनले ओलीलाई दिए सल्लाहः “गिरिबन्धुपीडितको बैना फिर्ता गर्नुहोला”

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० हजार करोडको काण्ड नलुकाउन र जनता नझुक्क्याउने प्रयास नगर्न सललाह दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत जनतामा भ्रम छर्ने काम नगर्न अनुरोध पनि भनेका छन् । आज सोमबार बिहान फेसबुकमा एक स्टाट्स लेख्दै बालेनले भने, ‘आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईँको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त,पहिले पनि जेल बस्नु भएको हो ।’ मेयर साहले न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथमा फेरि सडक निर्माण थालिएको भन्दै आपत्तिसमेत जनाए ।

उनको लेखाइ यस्तो छः-

“१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।
झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं  भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।
यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर