एम्बाप्पे अन्ततः रियल म्याड्रिड जाने निश्चित

काठमाडौं ।  फ्रेन्च फुटबलर किलीयन एम्बाप्पे अन्ततः रियल म्याड्रिड जाने निश्चित भएको छ । एम्बाप्पेले रियल म्याड्रिडसँग फ्री-ट्रान्सफरको सम्झौता गरेका हुन् । ५ वर्षीय एम्बाप्पेको पिएसजीमा जुन ३० मा सम्झौता सकिँदैछ । त्यसपछि उनी रियल म्याड्रिड जाने सम्झौता गरेको फुटबल पत्रकार फाब्रिजियो रोमानोले जानकारी दिएका छन् । रियल म्याड्रिडले एम्बाप्पेलाई भित्र्याएको घोषणा केही दिनमा गर्ने उनले जानकारी दिएका छन् । रियल म्याड्रिडले यस सिजनको च्याम्पियन्स लिग जितेसँगै एम्बाप्पेसँग सम्झौता गरेको उनले बताएका छन् ।

रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि-ट्रान्सफरमा साइन गरेपनि उनलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ । रियल म्याड्रिडले एम्बाप्पेलाई पछिल्लो सात वर्षदेखि भित्र्याउने प्रयासमा रहेको थियो । उनले यस अघि नै पिएसजीका फ्यानहरूलाई एक पोष्ट लेख्दै आफूले क्लब छोड्ने जानकारी दिएका थिए । २०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोनमा पिएसजी आएका एम्बाप्पे २०१८ देखि पिएसजीको खेलाडी बनेका थिए । अहिलेसम्म पिएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन् । पिएसजीमा रहँदा उनले ६ सिजन फ्रेन्च लिग जितेका छन् भने चार सिजन फ्रेन्च कोपा डे जितेका छन् । त्यस्तै २०१९-२० सिजनमा पीएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर