हावाहुरीका कारण चितवनको केराखेतीमा ठूलो क्षति

काठमाडौं ।  हावाहुरीका कारण चितवनको केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण २ हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको जानकारी दिएको छ । पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकालगायतका क्षेत्रमा लगाइएको ४० लाख ८७ हजार पाँच सय केराका बोटमा क्षति पुगेको छ । पसाएर फल लाग्ने समयका केरामा क्षति पुगेको हो ।

करिव ३ मिनेटको हावाहुरीले आफ्नो १५ कठ्ठामा लगाएको केरा सवै नष्ट भएको कालिका नगरपालिका-६ का किसान शिवप्रसाद शर्माले जानकारी दिए । केरा उत्पादक सङ्घका महासचिव जनक पन्तका अनुसार हुरीका कारण १२ करोड बराबरको केरा नष्ट भएको प्रारम्भिक अनुमान छ । सत्तरी जना व्यावसायिक किसानले लगाएको केराखेती पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए । नब्बे प्रतिशत किसानले केराको बीमा गरेको र १० प्रतिशत किसानले बीमा नगरेको उनले  जानकारी दिए । जिल्लामा हाल तीन हजार पाँच सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ । महासचिव पन्तका अनुसार चितवनमा सात सयभन्दा बढी किसान केराखेतीमा संलग्‍न छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर