वेस्ट इन्डिजको सुखद् सुरुआत

काठमाडौं । वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पाँच विकेटले हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३६ रन मात्र बनायो। जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले ६ बल बाँकी छँदै पाँच विकेटको क्षतिमा १३७ रन बनाउँदै जित हासिल गर्यो।
वेस्ट इन्डिजका लागि रोस्टन चेजले २७ बलमा चार चौका र दुई छक्का सहित ४२ रन बनाए। त्यस्तै ब्रान्डन किङले २९ बलमा सात चौका सहित ३४ रन जोडे। यसैगरी निकोलस पुरनले २७ तथा रोभमन पावेल र आन्द्रे रसेलले समान १५.१५ रन जोडे। पपुवा न्यूगिनीका लागि असद भालाले दुई विकेट लिए भने अलेइ नाओ, चाड सोपर र जोन करीकोले समान एक(एक विकेट लिए।
ब्याटिङका क्रममा पपुवा न्यूगिनीका लागि सेसे बाउले सर्वाधिक ५० रनको योगदान दिएका थिए। उनले ४३ बलमा ६ चौका र एक छक्का सहित ५० बनाएका हुन्। किप्लिन डोरिगाले १८ बलमा २७ रन जोडे। असद भालाले २२ बलमा २१ रन बनाए। चार्ल्स अमिनीले १२ रन जोड्दा चाड सोपरले १० रन बनाए। वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र अलजारी जोसेफले समान दुई–दुई विकेट लिए भने अकिल होसेन, रोमारियो शेफेर्ड र गुडकेश मोतिले समान एक–एक विकेट लिए। विश्वकपअन्तर्गत अहिले नामिबिया र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ। टस जितेर नामिबियाले फिल्डिङ गरिरहेको छ। आजै श्रीलंका र दक्षिण अफ्रिकाबीच पनि खेल हुँदैछ।