जापानमा आज बिहान शक्तिशाली भूकम्प

काठमाडौं ।  जापानको इशिकावा प्रिफेक्चरमा आज बिहान शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विभागका अनुसार बिहान साढे ६ बजे ५ दशमल ९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन । विभागले भूकम्पपछि सुनामीको चेतावनी जारी गर्दै आएपनि यस पटक भने यस्तो सम्भावना नरहेको जनाएको छ । यसअघि अप्रिल १ मा पनि जापानमा ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो भने जनवरीमा ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा ५० भन्दा बढीको मृत्यु भएको थियो भने धेरै भवनमा क्षति पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर