गृहमन्त्री रविलाई छानबिन समितिले आफ्नो दायरामा ल्याउने गगन थापाको विश्वास

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि यथार्थपरक छानबिन गर्ने बताएका छन्। सूर्यदर्शन सहकारीलगायतका सहकारीबाट गोर्खा मिडियाले लिएको रकम अपचलन अभियोगमा समितिले गृहमन्त्री लामिछानेलाई पनि बयानमा बोलाएर कारबाहीका लागि सिफारिस गर्नुपर्ने उनले माग गरे । प्रतिनिधिसभाको आइतबार बसेको बैठकको विशेष समयमा थापाले सो छानबिन समितिका बसेका सबै सदस्यहरुले त्यसका लागि जिम्मेवार भएर काम गर्ने अपेक्षासमेत आफ्नो पार्टीले गरेको पनि बताए।
उनले भने, “त्यो गोर्खा मिडिया सञ्चालन गर्ने त्यसका मालिक जिवी होस् कि, छवि होस् कि, रवि होस् कि कवि होस् उसलाई पनि बोलाउँछ। बकाइदा बोलाउँछ। छानबिन गर्छ। बयान लिन्छ। सबैभन्दा राम्रो कुरा यसले अन्तिममा भन्छ–कानूनबमोजिम कारबाहीको सिफारिस गर्छ । नखाएको विष लाग्नुहुँदैन भन्नेमा हामी प्रष्ट छौँ। यदि नखाएको हो भने यसको विष लाग्न हुँदैन। समितिका बसेका सबै साथीहरूबाट हामी त्यही भूमिकाको अपेक्षा गर्दछौँ। हाम्रो तर्फबाट जानु भएका साथीहरुले पनि त्यही नै काम गर्नुहुन्छ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर