सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार भने तोलामा सामान्य घटेर १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर