प्रतिनिधिसभामा बजेटमाथि छलफल प्रारम्भ हुने

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ वानेश्वरमा बस्दैछ । बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान विवरण बजेटमाथि छलफल प्रारम्भ हुने संसद् सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययका वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमाथि सामान्य छलफल प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ । सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो ।

karyasuchi-1717290928.JPG


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर