यार्सा संकलन गर्न गएका तीनजनाको लेक लागेर मृत्यु

काठमाडौं । मुगु जिल्लाको मुगुमकार्मारोङ्ग गाँउपालिका–२ꓹ ठुलो कोईकी पाटनमा यार्सा संकलन गर्न गएका ३ जना युवाको लेक लागेर मृत्यु भएको छ । लेक लागेर बिरामी भएपछि तल झार्ने क्रममा उनीहरुको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नंꓸ १२ शोभा गाँउका २९ वर्षीय मुनबहादुर बुढाꓹ सोही वडाको कम्फा निवासी २१ वर्षीय सुमन बुढा र उमेर नखुलेका राजबहादुर साँवतको लेक लागेर मृत्यु भएको हो । लेक लागेपछि कसैलाई नाक तथा मुखबाट रगत बग्ने पेट दुख्ने जस्ता लक्षण देखिएको सशस्त्र प्रहरीका जवान तिलक बढुवालले बताए ।

जेष्ठ १६ गतेका दिन मुगुमकार्मारोङ्ग गाउँपालिकाले यार्सा संकलनका लागि पाटन खुला गरेपछि आफन्तहरुको टोलीसँग उनीहरु ठुलो कोइकी पाटन गएका थिए । मुगु जिल्लाको पूर्वीक्षेत्रका बासिन्दाहरुको आम्दानीको एकमात्र स्रोत यार्सागुम्बा संकलनका बेला हरेक वर्ष संकलकहरु कहिले लुटेराहरु बाट त कहिले लेक लागेर ज्यान गुमाउदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर