बजेटप्रति ओलीको असन्तुष्टि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१–८२ को बजेटबारेमा पर्याप्त परामर्श हुन नपाउँदा धेरै महत्त्वपूर्ण विषय छुटेको बताएका छन् । नयाँ बानेश्वरमा शनिबार आयोजित एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले भने, “कुन कुन मन्त्रालयमा कुन कुन शीर्षकमा रकम विनियोजन गरिएको छ, कुनमा नयाँ आयो कुन शीर्षक हटाइएको छ यी सबै विषयमा अध्ययन गरी कमीकमजोरी औल्याए हुन्छ ।” सरकारमा सहभागी दलबाट पर्याप्त परामर्श नगरी ल्याइएको बजेट सन्तुलित नदेखिएको पनि अध्यक्ष ओलीको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर