कपिलवस्तुमा अत्यधिक गर्मीले गर्दा एक जनाको मृत्यु

काठमाडौं । कपिलवस्तुमा अत्यधिक गर्मीले गर्दा एक जनाको ज्यान गएको छ। जिल्लाको बुद्धभूमि नगरपालिका १ कपासीमा एक जनाको ज्यान गएको हो। ईमिलियाबाट आफ्नो छोरीलाई भेटेर फर्किने क्रममा सन्धिखर्क नगरपालिका ९ अर्घाका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो। गत जेठ १५ गते परियार आफ्नो घरबाट छोरीलाई भेट्न घरबाट निस्किएका थिए। जेठ १७ गते साँझ साढे ६ बजे तिर उनी कपसीको कडेँल टोलमा मृत अवस्थामा फेला परेका हुन् ।
बुद्धभूमि नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर बस्नेतका अनुसार परियारको मृत्यु गर्मीकै कारण भएको प्रारम्भिक रुपमा देखिएको जानकारी दिए । उनको पहिचान शुक्रबार मात्र खुलेको थियो।इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार स्थानवासीले दिएको विवरण अनुसार परियारको मृत्यु गर्मीकै कारण भएको प्रारम्भिक रुपमा देखिएको बताए ।

मृतकको शवको कपिलवस्तु अस्पताल तौलिहवामा पोस्टमार्टमपछि आउने प्रतिवेदनले मृत्युको कारण खुल्ने उनको भनाइ छ। मृतकको शरीरको कुनै भागमा चोट छैन। मृतककी छोरी सम्झनाले आफूसँग भेटेर घर फर्किँदा बुवाको अवस्था राम्रै रहेको बताइन् । एक सातायता जिल्लामा अत्यधिक गर्मी बढेको छ। गर्मीका कारण जिल्लाका पालिकाले विद्यालय बन्द गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर