सिक्किम आइपुगेको मनसुन काठमाडौं आउन कति दिन लाग्ला ?

काठमाडौं । अन्न खेतीका लागि बरदान मनसुन मौसम प्रणाली भारतको सिक्किम आइपुगेको र अबका केही दिनभित्र पूर्वी क्षेत्रबाट सर्दै मध्य नेपाल प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यस वर्षको मनसुन भारतको उत्तर–पूर्व, बंगलादेश, भुटान हुँदै आज शनिकार सिक्किम आइपुगेको हो। महाशाखाले शनिबार (जुन १ तारिख) सूचना जारी गर्दै भनेको छ( ‘नेपालको पूर्वी भूभागमा मनसुन भित्रिनको लागि अझै केही दिन लाग्ने देखिएको छ। सधारण अवस्थामा मनसुन नेपाल प्रवेश गर्ने सरदर मिति यही जुन १३ तारिख हो। तर यसभन्दा केही दिन अघिपछि पनि हुने मौसमविद् बताउँछन्। मौसमविद्का अनुसार यसपालीको मनसुनको गतिविधि जेठको अन्तिम साता अर्थात् २८–२९ गतेदेखि नै देखिने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर