मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका-४ ट्याम्पो पार्कमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । गएराति भएको सो दुर्घटनापछि अस्पताल पुर्‍याइएका घाइते दुवै जनाको आज बिहान मृत्यु भएको हो । बा ५६ प ५०६५ को स्कुटर चालक काठमाडौँ घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठको किस्ट अस्पतालमा र बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल चालक खोटाङ साकेला घर भई लुभुमा बस्ने वर्ष २६ का लोकेश राईको बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर