भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान

काठमाडौं ।  भारतमा आज लोकसभा निर्वाचनअन्तर्गत सातौं तथा अन्तिम चरणको मतदान भइरहेको छ । आज ७ राज्य र एक केन्द्रशासित प्रदेशको ५७ सिटमा मतदान भएको हो । आज वाराणसी सिटमा पनि निर्वाचन भइरहेको छ, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, पञ्जाबको सबै १३ सिट, हिमाचल प्रदेशको ४, उत्तर प्रदेशको ४, उत्तर प्रदेशको १३, पश्चिम बंगालको ९, बिहारको ८, उडिसाको ६, झारखण्डको ३ सिटमा मतदान भइरहेको छ । आज उडिसाको ४२ विधानसभा सिट र हिमाचल प्रदेशको ६ विधानसभा सिटमा पनि उपचुनाव हुनेछ । सातौं चरणमा ९ सय ४ उम्मेदवार मैदानमा छन्। जसमा प्रधानमन्त्री मोदीसहित केन्द्रीय मन्त्री अनुराग ठाकुर, अभिनेत्री कंगना रनौत, रवि किशनलगायत छन् । मत गणना ४ जुनमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर