सुडानका बालबालिकामा पोषण स्थितिमा उल्लेखनीय गिरावट

काठमाडौं ।  संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरूले बिहीबार युद्धग्रस्त सुडानमा बालबालिका तथा आमाहरूको पोषण स्थितिमा ‘उल्लेखनीय गिरावट’ आएको चेतावनी दिँदै तत्काल समाधान गर्न आह्वान गरेका छन्। “सुडानका बालबालिकाको जीवन खतरामा रहेको जनाउदै कुपोषण, रोग र मृत्युबाट जोगाउन तत्काल कदम चाल्न आवश्यक छ,” संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (युनिसेफ), विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले एक विज्ञप्ति जारी गरी आग्रह गरेका छन्। सुडानका शासक अब्देल फत्ताह अल–बुरहानको नेतृत्वमा रहेको नियमित सेना उनका पूर्व सहायक मोहम्मद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबीच एक वर्षभन्दा बढी समय देखि द्वन्द्व चलिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर