सुन तस्करीको आरोपमा लामा पक्राउ

काठमाडौं । ६० किलो सुन प्रकरणमा संगल्न रहेको आरोपमा थर्कमान लामा पक्राउ परेका छन् । काभ्रेको तेमााल गाउँपालिका घर भएका लामालाई नेपाल प्रहरीको केन्द्रीय अुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतमा गठित जाँचबुझ आयोगको प्रतिवेदनले लामाको सुन तस्करीमा संलग्नता देखाएका कारण पक्राउ गरेको बताइएको छ । लामा कांग्रेसका स्थानीय नेतासमेत रहेको उनलाई प्रहरीले लाजिम्पाटबाट पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । २०८० साउन २ गते विमानस्थल भन्सार कार्यालय सिनामंगलबाट जाँचपास भएर बाहिरिएको १५५ किलो तौलको स्कुटरको ब्रेक सुमा तस्कर समूहले सुन लुकाएर ल्याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर