देउवाकोमा माधव नेपाललाई आफैँले पठाएको प्रधानमन्त्रीको खुलासा

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकार दायाँबार्या नहुने बताएका छन् । उनले यो पनि भने कि आफ्नै सल्लाहमा माधव नेपाल देउवाले बोलाएको बैठकममा सहभागी भएको खुलासासमेत गरे ।

आर्थिक वर्ष २०८१–०८२ को बजेटसम्बन्धी छलफल गर्न शुक्रबार आयोजना गरेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘सरकार दायाँबायाँ हुन्छ कि भन्ने कुनै आशंका गर्नु पर्दैन । माधवजी उता (विपक्षी गठबन्धन) मा गएको भन्ने कुरा केही होइन । उहाँ मेरै सल्लाहमा जानु भएको हो । उहाँले जानुअघि मसँग सल्लाह गर्नुभएको थियो । विपक्षी अलाइन्स बनाउन जानु भएको होइन । सरकार केही हुनेछैन । तपाईंहरु ढुक्क हुनुस् । पाँचै वर्ष सरकार जान्छ ।’
संसदीय दलको बैठकमा प्रचण्डले बजेटको विषयमा एकमत भएर समर्थन गर्न सांसदहरुलाई निर्देशन समेत दिएको पार्टीका सचिव समेत रहेका सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर