छापावाल सुनको मूल्यमा फेरि १७ सय रुपैयाँ वृद्धि

काठमाडौं । आज शुक्रबार छापावाल सुनको मूल्यमा फेरि १७ सय रुपैयाँले वृद्धि भएको छ । हिजो बिहीबार प्रतितोला २३ रुपैयाँ बढेको थियो । आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम हुँदै हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । हिजो प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा थियो । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ७ सय रुपैयाँ वृद्धि भई १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँ घटेर १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर