मेयर बालेन साहलाई सडक विभागले कारवाही गर्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र सडक विभागको एकहर्काको दोषारोपण अब कानुनी कारवाहीको अन्तिम निचोडमा पुगेको छ । सडक विभागले केही दिनअघि काठमाडौं महानगरलाई पत्र काट्दै सडक विभागअन्तर्गतको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले न्यूरोड क्षेत्रमा भत्काइएको सडक खण्ड दुई दिनभित्र पुरेर पहिलेकै जस्तो नबनाइएमा कारबाही गर्ने चेतावनी दिएको थियो। सो पत्रको म्याद आज शुक्तबार सकिँदैछ । तर महानगरले भने सडक विभागको चेतावनीयुक्त पत्रलाई उपेक्षा गदैृ आएको छ । दुई दिनभित्र मर्मतुम्भार नगरिएमा सार्वजनिक सडक ऐनअनुसार कारबाही गर्ने उल्लेख गरिएको छ।

यसअघि मेयर साहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाउने घोषणा गर्दै सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंको गेटमा एक ट्रक धुलो लगेर खन्याएपछि दुई पक्षबीच वैरभाव उत्पन्न भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर