उरुग्वेका स्ट्राइकर काभानीले लिए सन्न्यास

काठमाडौं। उरुग्वेका स्ट्राइकर एडिन्सन काभानीले कोपा अमेरिका सुरु हुनुभन्दा तीन हप्ताअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्। विगत दुई दशकदेखि उरुग्वेका मुख्य आधार रहेका ३७ वर्षीय काभानीलाई मुख्य प्रशिक्षक मार्सेलो बिल्साले अमेरिकामा जुन २० देखि सुरु हुने प्रतियोगिताका लागि छनोट गरेका थिए। उरुग्वेका लागि काभानीले १३६ खेलमा ५८ गोल गरेका छन्।

बोका जुनियर्सका स्ट्राइकरले इन्स्टाग्राममा पोस्ट गरेको सन्देशमा भनेका छन्, ‘मैले फुटबल छोड्ने निर्णय गरें।’ काभानीले पेरिस सेन्ट जर्मेन (पिएसजी), नेपोली, म्यानचेस्टर युनाइटेड र भ्यालेन्सियाबाट पनि खेलेका थिए। उनले पछिल्ला चार विश्वकपमा खेलेका छन्। सन् २०२२ को विश्वकपको पहिलो चरणमा उरुग्वेले घानामाथि २–० को जित निकालेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर