दाङमा अटोरिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । दाङमा अटोरिक्सा र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक बबई गाउँपालिका ४ निवासी ३० बर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ बर्षीय साकार केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलले जानकारी दिए । बिहीबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरुको नेपालगञ्जमा उपचारको क्रममा राति मृत्यु भएको हो ।

तुलसीपुर उपमहानगरपालिका २ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर अटो चालक दाङ शान्तिनगर ७ खैरेनीका ४३ बर्षीय रुद्रबहादुर थापा घाइते भएका छन् । चालक थापाको नेपालगञ्जमा उपचार भइरहेको छ । मोटरसाइकल तीव्र गतिमा आएको हुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर