नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द

काठमाडौं । आइसिसी टी ट्वान्टी विश्वकप अघिको नेपाल र अमेरिकाबीचको अभ्यास खेल वर्षाका कारण रद्द भएको छ । टेक्ससको डल्लासमा रहेको ग्रान्ड प्रेरी मैदानमा टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । तर खेल वर्षाका कारण रद्द भयो । यसअघि नेपाल पहिलो अभ्यास खेलमा गएको सोमबार क्यानाडासँग ६३ रनले पराजित भएको थियो ।

त्यस्तै अमेरिका र बङग्लादेशबीच अस्ति मङ्गलबार हुने भनिएको खेल भने खराब मौसमका कारण रद्द भएको थियो । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको नवौँ संस्करणको प्रतियोगिता जुन २ तारिख अर्थात् पर्सि आइतवारदेखि शुरु हुँदैछ । नेपालले पहिलो खेल जेठ २२ गते मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्दैछ । टी–२० विश्वकपमा नेपाल समूह ’डी’ मा छ । यो समूहमा नेपालसहित नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बंगलादेश छन् । यस्तै समूह ’ए’ मा आयरल्यान्ड, क्यानडा, अमेरिका, भारत र पाकिस्तान छन् । समूह ’बी’ मा अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र इङ्गल्यान्ड छन् । समूह ’सी’ मा अफगानिस्तान, युगान्डा, पीएनजी, न्युजिल्यान्ड र वेस्ट इन्डिज छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर