मधेस प्रदेशमा जनमतको नेतृत्वमा सरकार बन्ने

काठमाडौं । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तीन दलबीच सहमति भएको छ । मधेसको सबै भन्दा ठूलो दल नेकपा एमाले, जनमत र माओवादी केन्द्रबीच जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो । एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर