सन्दीपले विश्वकप गुमाउँदै ? भिसा दिन फेरि पनि अस्वीकार

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई भिसा दिलाउने प्रयास फेरि पनि असफल भएको छ । यसअघि पहिलोपटक भिसा दिन अस्वीकार गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले आज सर्वत्र अनुरोध र दबाबकाबिच पनि आज सन्दीप लामिछाने अमेरिका गइसकेपछि फर्कने वस्तुस्थ्तिि विश्वसनीय नभएको कारण देखाउँदै नेपाल सरकार तथा क्रिकेटप्रेमीको पुकारलाई उपेक्षा गर्दै भिसा दिन अस्वीकार गरेको बताइएको छ ।

तर दूतावासले यसम्बन्धमा औपचारिक रूपमा केही बताएको छैन । सन्दीपलाई दोस्रो पटक भिसा दिलाउन सरकार, क्यानको जोडबलमा अमेरिकी दूतावासका अधिकारीले  भिसाको प्रक्रियाअन्तर्गत अन्तर्वार्ताका लागि आज बिहीबार साँझ ४ बजे बोलाएको थियो । सन्दीपलाई भिसा नदिनुको पछाडि अमेरिकाको विश्वमा व्याप्त प्रभुत्व (सुपरमेसी) प्रदर्शन भएको खेलप्रेमीहरूले टिप्पणी गरेका छन् । अमेरिकाले सन्दीपलाई दोस्रो पटक भिसा दिन अस्वीकार गरेसँगै उनले विश्वकप गुमाउने सम्भावना बढेको छ।

यसैबिच नेपाल क्रिकेट संघ (क्यान) ले सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा समेत अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको बताएको छ । क्यानका सचिव पारस खड्काले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा सञ्चालन हुन लागेको आइसिसी पुरुष टी– २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि अमेरिकी दूतावासले भिसा नदिएको औपचारिक जानकारी गराएका हुन् । क्रिकेट खेलाडी लामिछानेको भ्रमणका निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघका साथै आईसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले विश्वकप खेल्नका लागि भिसा नदिएको विज्ञप्तिमा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर